Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

ANIL SINGH


Lyrics-maile jaani sake-Anil singh


मैले जानी सके आँशु पिएर जीउन
मैले भुलिसके हाँस्न हँसाउन
बेथानै अपनाउन मैले जानी सकेँ
मेरा अतीतनै मैले भुली सकेँ
मैले जानी सके 
आँशु पिएर जीउन


मान्छेको जीन्दगी आँशु र दुःख रहेछ
आँशु बनी बगी रहने दुःखमा हरपल जलीरहने
मैले जानी सके दुःखनै अँगाल्न
मैलै भुली सके मस्त जुम्नलाई
काँडा बीच जीउन मैले जानी सकेँ
फूल के हो मैले भुली सकेँ
मैले जानी सकेँ 
आँशु पिएर जीउन


जीवनको बेथा त चोट र पिडा रहेछ
चोट बनी बल्झि रहने पिडामा हरपल तड्पिरहने
मैले जानी सके चोट सहेर जीउन
मैले भुली सके रम्न रमाउन
एकलै जीउन मैले जानी सकेँ
मिठा ती याद मैले भुली सकेँ
मैले जानी 
सकेँ 
आँशु पिएर जीउन


Lyrics-mayaako pahilo -Anil singh




मायाको पहिलो सौगात स्वरुप

हृदयको मेरो सानो अनुरोध

मायाको पहिलो सौगात स्वरुप
हृदयको मेरो सानो अनुरोध
कोरेर मायाको दुई शब्द तिमीलाई
मेरो यो प्रेमपत्र -३
I don’t know how,
I don’t know when & where
I don’t know how,
I don’t know when & where
I gave my heart
I fell in love with her

छ जीगु नुगले चोंगु दु
मिखाया ब्याप्त जुया छगु दु
छ जीगु नुगले चोंगु दु
मिखाया व्याप्त जुया छंगु दु
छ जीगु नुगहे ख
नुगहे धड्कने चोंगु दु
कागज होइन यो मुटु पो हो मेरो -२
तिमी बिना जीउन धेरै छ गारो
सुम्पिदै छ मायाको दुई शब्द तिमीलाई
मेरो यो प्रेमपत्र- ४
Lyrics-ma garchhu -Anil singh


म माया गर्छु मेरी उनीलाई
एकबार होईन जुनी जुनीलाई
उनीलाई उनीलाई- २
म माया गर्छु मेरी उनीलाई
एकबार होईन जुनी जुनीलाई
उनीलाई उनीलाई- २
चोरेको होईन ढाटेको होईन
पैसाले मुटु साटेको होईन
दैबले देको भाग्यले पाको- २
मन मिलेर पिरति लाको
उनीलाई उनीलाई-२

बाटो छेकेनी छेकीन्न माया
धाटि रेटेनी रेटीन्न माया
गर्नेले गरुन चियो र चर्चा- २
म सोच्ने छैन बिकल्प अर्को
उनीलाई उनीलाई -२
चाहान्छु उनीलाई


Lyrics-will you marry me-Anil singh


It’s a sad up mind that’s all
First and last I like to propose-२
Oh girl my love will you marry me-२


प्रेमी हैन म तिम्रो
जीवन–साथी बन्न चाहान्छु-२
आँखामा हैन तिमीलाई
हृदयमा सजाउन चाहान्छु, बुझन 

Oh girl my love will you marry me-२


मुना–मदनको कथा जस्तै
सदा साथ दिनेछु-२
जीवनको हरेक मोडमा
दुःख सुख बाँड्न चाहान्छु, बुझन 


Oh girl my love will you marry me-२
Oh girl my love will you marry me-३






No comments:

Post a Comment