Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

SHERYA SOTANG


Lyrics-manparyo timi lau malai-sherya sotang 


मन पर्‍यो तिमी लौ मलाई -2
के भनी तिमीसँग बोलु म
मनको कुरा कसरी खोलु म-2
मन पर्‍यो तिमी लौ मलाई -2
के भनी तिमीसँग बोलु म
मनको कसरी खोलु म -2
जुन दिनमा देखे तिमीलाई मैले आँफैलाई बिर्सेंछु -2
आँफैलाई बिर्सेंछु
त्यो दिनदेखी किन हो कुन्नी -2
तिम्लाई नै सम्झन्छु -2
मन पर्‍यो तिमी लौ मलाई -2
के भनी तिमीसँग बोलु म
मनको कुरा कसरी खोलु म-2
कागाजमा अचेल कलमले कोर्दा तिम्रै नाम लेख्दछु -2
तिम्रै नाम लेख्दछु
अरुलाई हेर्दा किन हो कुन्नी -2
तिम्लाई नै देख्दछु -2
मन पर्‍यो तिमी लौ मलाई -2
के भनी तिमीसँग बोलु म
मनको कुरा कसरी खोलु म-3


Lyrics-kholaalaai sodhe-Sherya sotang



खोलालाई सोधे यो कस्तो हतार हो-2
सागर भर्नु छ भन्यो
हावालाई सोधे त्यही कुरा -2
संसार ढाक्नु छ भन्यो
मान्छेलाई सोधे तेरो के छ भनेर -2
सिंगो जिबन काट्नु छ भन्यो
खोलालाई सोधे यो कस्तो हतार हो
रहेछ गजब संसार पनि -२
सबैलाई उस्तै हतार छ
मान्छेलाई आफ्नो मृत्‍यु हतार छ-2
घमलाई डुब्न हतार छ
समय तर यती बलवान छ
सबैलाई आफ्नो गतिमा लतार्छ
खोलालाई सोधे यो कस्तो हतार हो
उकाली जती नै लम्बिये पनि -2
देउराली सम्म रहेछ
ओराली जती नै तन्किये पनि-2
फाट्मा पर्दो रहेछ
समय र सिमाको पारीबेसभित्र-2
सबै थोक च्यापिदो रहेछ
खोलालाई सोधे यो कस्तो हतार हो


Lyrics-chup chaap timi-Sherya&swaroop



स्वरुप -चुप चाप तिमी मेरो नजिकमा आउ-2
केही भन्नु छ केही सुन्नु छ -2
मिठा मिठा मयाका कुर गर्नु छ
श्रेया- बिस्तारै बिस्तारै तिमी मेरो हृदयमा आउ -2
केही सोचुला अनी भनुला -2
हतार किन मायामा आक्षेप लाग्ला
बिस्तारै बिस्तारै तिमी मेरो
स्वरुप -मुहारको बान्की तिम्रो धित मारी निहाल्नु छ
सुक्सुकाऊदा औलाहरु मायाले मुसार्नु छ
चुप चाप चुप चाप तिमी मेरो यत्रामा आउ-2
केही लिनु छ केही दिनु छ -2
मिठा मिठा सपनाका कुर गर्नु छ
चुप चाप तिमी मेरो नजिकमा आउ
श्रेया-संका नहोस कहिलेपनी बचन पक्का गरौला
आधा तिम्रो आधा मेरो भागमा दु:ख राखौला
बिस्तारै बिस्तारै तिमी मेरो जिन्दगीमा आउ-2
संगै हिडौला संगै बाचौला-2
यथार्थमा बाचेर जिबन काटौला
बिस्तारै बिस्तारै तिमी मेरो हृदयमा आउ
बितारै बिस्तारै तिमी मेरो



No comments:

Post a Comment